logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

इजरायलमा पुन लकडाउन गरिँदै


अंकुरण खबर
728
Shares

कोरोनाभाइरसको महामारी थप फैलिन नदिनका लागि इजरायलमा तेस्रो चरणको पूर्ण लकडाउन सुरु गरिने भएको छ ।

प्रधानमन्त्रीको कार्यालय र स्वास्थ्य मन्त्रालयद्वारा बिहीबार जारी संयुक्त वक्तव्यमा अहिले दुई हप्ताका लागि तय गरिएको लकडाउन आवश्यकता अनुसार लम्ब्याउन सकिने उल्लेख गरिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले छ ।

इजरायलमा दैनिक चार हजारभन्दा बढी नयाँ सङ्क्रमित थपिने गरेका छन् । दैनिक सङ्क्रमितको सङ्ख्या एक हजारभन्दा तल नझर्दासम्म लकडाउन नहटाउने बताइएको छ ।

लकडाउन देशव्यापी हुने र स्थानीय समय अनुसार आगामी आइतबार बेलुका ५ बजेदेखि सुरु हुने अधिकारीहरुले जनाएका छन् ।