काठमाडौं – चिनियाँ राष्ट्रपति सी जिनपिङ असोज अन्तिममा नेपाल आउने भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार उनको भ्रमण तालिका चाँडै सार्वजनिक हुनेछ ।
सीको आगमनलाई मध्यनजर गर्दै सुरक्षा, भेटघाटको तयारी भइरहेको मन्त्रालयले जनाएको छ । सी राष्ट्रपति तिब्बतमा आयोजना हुने कार्यक्रममा सहभागी भएर नेपाल आउने बताइए पनि भारतबाट फर्कंदा नेपाल आउने पनि सम्भावना रहेको बताइएको छ ।
उनी असोज अन्तिम साता काठमाडौं आउनेछन् । उनको भारत भ्रमणको मिति टुंगो नलागेको हुँदा नेपाल आउने मिति पनि निक्र्योल भइसकेको छैन ।