logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

नर्वेको राजधानी ओस्लो नजिकैको गाउँका घर पहिरोले पुर्‍यो, ११ जना बेपत्ता


अंकुरण खबर
1.456K
Shares

नर्वेको राजधानी ओस्लो नजिकैको एक गाउँमा पहिरो गइ घर पुरिँदा ११ जना बेपत्ता भएका छन् ।

पहिरोले गाउँका घर पुरिँदा १० जना घाइते भएका छन् । एकजनाको अवस्था गम्भीर रहेको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

उद्धारकर्मीहरुले बेपत्ताहरुको खोजी जारी राखेका छन् । राजधानी ओस्लोबाट २५ किलोमिटर उत्तर–पश्चिममा रहेको जेर्ड्रूम गाउँमा पहिरो गएको हो । बेपत्ता हुनेमा बालबालिका पनि छन् ।

पहिरो गएको गाउँबाट झण्डै ९०० जनालाई सुरक्षित स्थानमा सारिएको छ । केही मानिसहरु अझै पनि पहिरोको हिलोमा फँसेको हुन सक्ने प्रहरीले बताएको छ ।

स्थानीय समय अनुसार बुधबार बिहानदेखि पहिरो जान थालेको थियो । स्थानीयले आफ्ना घरहरु पहिरोसँगै बग्न थालेको भनेर आपतकालीन सेवालाई जानकारी गराएका थिए ।