logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना संक्रमणबाट विश्वमा एकैदिन १३ हजार बढीको मृत्यु


अंकुरण खबर
1.04K
Shares

विश्वमा कोरोना संक्रमणबाट एकैदिन १३ हजार १५ जनाको मृत्यु भएको वल्डोमिटर्सले जनाएको छ ।

यसरी विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या १८ लाख २४ हजार ३ सय ७० पुगेको छ ।

अमेरिकामा एकैदिन ३ हजार ९२ जना संक्रमितको मृत्यु भएको छ भने कुल मृत्यु हुनेको संख्या ३ लाख ५३ हजार ८ सय ६९ पुगेको छ ।

भारतमा कोरोना संक्रमणबाट एकैदिन २ सय २३ जनाको मृत्यु भएको छ । यसरी भारतमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या एक लाख ४९ हजार १८ पुगेको छ ।

त्यस्तै ब्राजिलमा कोरोना संक्रमणबाट एकैदिन १ हजार ३६ जनाको मृत्यु भएको छ । यसरी ब्राजिलमा १ लाख ९४ हजार ९ सय ७६ जना संक्रमितको मृत्यु भएको छ ।