logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतमा कोरोनाभाइरस संक्रमणबाट एक लाख ५० हजारको मृत्यु


अंकुरण खबर
780
Shares

भारतमा कोरोनाभाइरस संक्रमणबाट हालसम्म एक लाख ५० हजार ११४ जनाको मृत्यु भएको छ ।

भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा हालसम्म एक करोड ४ लाख मानिस कोरोनाभाइरस संक्रमित भएका छन्। पछिल्लो २४ घण्टामा १८ हजारभन्दा बढी संक्रमित भेटिएका छन्।

मन्त्रालयले भारतमा अझै पनि २ लाख २७ हजार व्यक्ति सक्रिय संक्रमित रहेका र ९९ लाख ९७ हजार व्यक्ति संक्रमणमुक्त भएको जनाएको छ।

भारतीय राज्य केरलामा झण्डै ६४ हजार तथा महाराष्ट्र राज्यमा ५० हजार व्यक्ति सक्रिय संक्रमित छन्। दिल्लीमा भने ४ हजार ५६२ जना सक्रिय संक्रमित रहेका छन्। यहाँ १० हजार ६०९ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ।

भारतीय स्वास्थ्य अनुसन्धान परिषदका अनुसार भारतमा जनवरी ५ सम्म १७ करोड ७४ लाख नमुना परीक्षण गरिएको छ।