logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ट्रम्पको फेसबुक र ट्वीटर एकाउण्ट बन्द


अंकुरण खबर
1.612K
Shares

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फेसबुक र ट्वीटर एकाउण्ट बन्द गरिएको छ । फेसबुकले २४ घण्टाका लागि र ट्वीटरले १२ घण्टाका लागि ट्रम्पको एकाउण्ट बन्द गरिदिएको हो ।

हिंसा भडकाउने सामाग्री सार्वजनिक गरेको भन्दै दुबै कम्पनीले एकाउण्टमा बन्देज लगाएका हुन् । फेसबुकले समेत आफ्ना नीतिलाई नै उल्लेख गर्दै २४ घण्टा ट्रम्पले आफ्नो पृष्ठमा केही लेख्न नमिल्ने बनाइएको छ ।

ट्वीटरले ट्रम्पका तीनवटा ट्वीट हटाउनुपर्ने जनाएको छ । ट्वीटरले ती ट्वीट नहटाए ट्रम्पको एकाउण्ट सधैंका लागि लक हुने चेतावनी दिएको छ । भविष्यमा यस्ता कुनै गतिविधि भएमा ट्रम्पको ट्वीटर ह्याण्डल सदाका लागि हटाउन बाध्य हुने ट्वीटरको चेतावनी छ ।

संसद भवनमा आक्रमण गरिरहेका बेला ट्रम्पले गरेको सम्बोधनको भिडियो फेसबुक, युट्युब र ट्वीटरले हटाएका छन् । भिडियोमा ट्रम्पले प्रमाण बिना धाँधली गरेर आफूबाट चुनावी नतिजा खोसिएको आरोप लगाएका थिए । एजेन्सी