logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

ट्रम्पलाई राष्ट्रपतिबाट हटाउन विपक्षीको माग, महाअभियोग लगाउन सकिने सभामुखको भनाइ


अंकुरण खबर
754
Shares

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई दुवै सदनका विपक्षीहरूले राष्ट्रपति पदबाट हटाउन आग्रह गरेका छन् ।

अमेरिकी संसद् भवनलाई ट्रम्पका समर्थकहरूले हिंसात्मक तवरले बुधवार कब्जा गरेपछि यस्तो माग उठेको हो । डेमोक्रेटिक सिनेटर चक सुमरले ट्रम्पलाई तुरुन्तै हटाउनुपर्ने बताए ।

झडपमा परेर चार जनाको निधन भएको छ भने हालसम्म ६८ जना पक्राउ परेका छन् । ट्रम्पले यही जनवरी २० मा राष्ट्रपति पद जो बाइडनलाई हस्तान्तरण गर्नुपर्नेछ । तर त्यसअघि नै उनलाई हटाउनुपर्ने माग तीव्र भएको हो ।

सभामुख न्यान्सी पेलोसीले ट्रम्पलाई नहटाइए उनीमाथि महाअभियोग लगाउन सकिने बताएकी छन् । केही रिपब्लिकनले मात्र उनलाई हटाउनुपर्ने कुरामा साथ दिएका छन् । दंगा भड्काउनेहरूलाई नियन्त्रण गर्न नसकेकोमा आलोचना भएपछि हाउस अफ रेपे्रजेन्टेटिभ्सका सुरक्षा प्रमुखले राजीनामा दिएका छन् ।

प्रहरीको कारबाहीको पनि छानबिनको माग भएको छ । राष्ट्रपति निर्वाचित जो बाइडनले हुलदंगा गर्नेमाथि कडा कारवाही हुनुपर्ने बताएका छन् । प्रहरीले भने अपराधिक र दङ्गायुक्त व्यवहारको नायकले गर्नेजस्तै सामना गरेको दावी गरेका छन् ।

घटनपछि ट्रम्प प्रशासनका धेरै मानिसहरुले राजीनामा दिएका छन् । राजीनामा दिनेमा यातायातमन्त्री एलेन चाओ समेत छन् । संसद् भवनमा आक्रमण भएपछि फेसबुकले अनिश्चितकालका लागि ट्रम्पलाई प्रतिबन्ध लगाएको छ ।

फेसबुकका प्रमुख मार्क जुकरबर्गले वक्तव्य निकालेर संसद् भवनमा भएको हमलाको निन्दा गर्नुको साटो समर्थकहरूको प्रशंसा गरेकाले उनको पोस्ट हटाउनु परेको उल्लेख गरेका छन् । एजेन्सी