logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

विश्वमा एकैदिन १४ हजार ३ सय १ जना कोरोना संक्रमितको मृत्यु


अंकुरण खबर
676
Shares

विश्वमा एकैदिन १४ हजार ३ सय १ जनाले कोरोना संक्रमणको कारण ज्यान गुमाएका छन् ।

यसरी विश्वमा कोरोनाको कारण ज्यान जानेको संख्या १९ लाख ५ हजार २ सय ६१ पुगेको वल्डोमिटर्सले जनाएको छ ।

एकैदिन सबै भन्दा धेरै अमेरिकामा ३ हजार ८ सय ५ जना संक्रमितको मृत्यु भएको छ ।

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख ७३ हजार ७ सय ९५ पुगेको छ ।

त्यस्तै ब्राजिलमा एकैदिन १४ सय ५५ जना संक्रमितको मृत्यु भएको छ । यसरी ब्रालिजमा कुल संख्या २ लाख ४ सय ९८ पुगेको छ ।