logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चीनः महिलाको छैन एउटा खुट्टा, तर पनि बनाइन् ‘बडी बिल्डिङ’ मा पहिचान


अंकुरण खबर
1.339K
Shares

समाजले के भन्ला ? यो प्रश्नले धेरैलाई पिरोलेको हुन्छ । तर केही गरेरै छोड्ने दृढ संकल्प बोकेका कतिलाई यस्तो कुराको वास्तै हुँदैन । आफ्नो उद्देश्य प्राप्तिका लागि उनीहरु जे पनि गर्न तयार हुन्छन् र उनीहरु सफल पनि हुन्छन् ।

गुई यूना ३५ वर्षकी भइन् । उनी चीनमा बस्छिन् । उनी अपाङ्गता भएकी महिलाको श्रेणीमा पर्छिन् । उनको एउटा खुट्टा छैन । तर उनको पहिचान यतिमा मात्रै सिमित छैन । अद्भूत क्षमतावान् यूना बडीबिल्डिङ गर्छिन् ।

सन् २००४ मा लिएकी थिइन् प्यारा ओलम्पिक्समा भागः

सन् २००४ मा उनले एथेन्समा भएको प्यारा ओलम्पिक्समा भाग लिएकी थिइन् । बडी बिल्डिङको क्षेत्रमा उनी नयाँ थिइन् तरपछि उनले अक्टोबरमा यसका लागि पुरस्कार जितिन् । हालै उनले आईडब्ल्यूएफ बेइजिङ २०२० मा भाग लिइन् । यसमा उनी अग्लो हिल लगाएकी थिइन् । उनी बिकिनीमा स्टेजमा आइन् । मानिसहरुको उनको व्यक्तित्वले निकै प्रभावित भए ।

आत्मविश्वास नै हो जीतः

उनी भन्छिन्, ‘हुन त मैले पहिलो स्थान आफ्नो मसल्स र प्रोफेशनलिजमका कारण जितेको हुनसक्छ तर स्टेजमा म सबैको अगाडि आफ्नो आत्मविश्वास र साहसका कारण खडा थिएँ ।’

अत्यधिक संघर्षः

गुई चीनको न्यानिङमा बस्छिन् । उनलाई उनकी आमाले हुर्काएकी हुन् । उनी जन्मनु अघि नै उनको पिताको मृत्यु भइसकेको थियो । यहाँसम्म पुग्नका लागि उनले अत्यधिक मिहिनेत गरेकी थिइन् । सन् २००१ देखि उनले प्यारालिम्पिक खेलमा भाग लिन सुरु गरेकी हुन् ।

दैनिक वर्कआउटः

साङ्घाई जिममा उनी दैनिक घण्टौंसम्म वर्कआउट गर्छिन् । टिकटकमा उनका २ लाखभन्दा बढी फलोअर्स छन् ।

सडक दुर्घटनाः

गुई स्कूल जाँदै गर्दा उनलाई ट्रकले ठक्कर दिएको थियो । यही दुर्घटनाका कारण उनको एउटा खुट्टा गुम्यो । उनलाई दुर्घटनाबारे खासै थाहा छैन । याद छ त साथीहरुको खिल्ली ।

सन् २००८ मा बेइजिङ समर गेम्स र प्यारालिम्पिक्स भएको थियो । यसमा गुईले हाई जम्प र आर्चरीमा भाग लिएकी थिइन् ।

उनका अनुसार उनले लगभग २० वटा कम्पनीमा जागिरका लागि आवेदन दिएकी थिइन् तर कसैले पनि उनलाई जागिर दिएनन्  । उनी भन्छिन्, ‘म उनीहरुलाई के भनौं र खोई । उनीहरुकै कारण मैले मुश्किल समयको सामना गर्नुपर्यो । यसै कारण अहिले मैले यो स्थान हासिल गरेकी छु ।’ एजेन्सी