logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपाललाई पठाएको कोरोना खोप बनाउने कम्पनीमा आगलागी, पाँचको मृत्यु


अंकुरण खबर
3.003K
Shares

कोरोना भाइरसविरुद्धको खोप बनाइरहेको भारतको सिरम इन्स्टिच्युट अफ इण्डियाको एक प्लान्टमा आगलागी भएको छ ।

इन्स्टिच्युटको पुनेमा रहेको प्लान्टको एक टर्मिनल आगलागीमा हुँदा ५ जनाको मृत्यु भएको छ ।

‘सिरम इन्स्टिच्युटको एक भवनको अन्तिम तलामा फसेका ५ जनाको आगलागीमा मृत्यु भएको जनाइएको छ । आगलागीको कारण थाहा हुन नसकेको र क्षतीको विवरण पनि नआइसकेको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

मृतकको सङ्ख्या बढन सक्ने आँकलन गरिएको छ । आगलागीका कारण अन्तिम तला जलेर पूर्ण नष्ट भएको छ । अक्सफोर्ड–एस्ट्राजेनेकाको कोरोना खोप कोभिशिल्ड सिरम इन्स्टिच्युट अफ इण्डियाले तयार गरिरहेको छ ।

सिरम इन्स्टिच्युट अफ इण्डिया विश्व स्वास्थ्य सङ्गठनद्वारा समर्थित कोभ्याक्स स्किमको हिस्सा हो । यसको उद्देश्य मध्यम आय भएका देशहरूमा खोप उपलब्ध गराउनु हो ।

बिहीबार नेपाल आएको १० लाख डोज भ्याक्सिन पनि सिरमले नै बनाएको हो । सिरम संसारकै ठूलो खोप उत्पादक कम्पनी हो ।