logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अब अमेरिका प्रवेश गर्न कोरोना नेगेटिभ रिपोर्ट चाहिने


अंकुरण खबर
897
Shares

अमेरिका उडान गर्न चाहने यात्रुहरुले कोरोना नेगेटिभ भएको रिपोर्ट देखाउनु पर्ने भएको छ ।

त्यस्तो रिपोर्ट यात्रा गर्नुभन्दा बढीमा तीन दिन अगाडिको हुनु पर्ने पनि अधिकारीहरुले जानकारी दिएका छन् । यात्रा अनुमति पास (बोर्डिङ पास) लिनु अगाडि नै कोरोना सम्बन्धी रिपोर्ट देखाउनु पर्ने व्यवस्था गरिएको हो ।

यात्रा गर्नुपूर्व कोरोना नेगेटिभ रहेको प्रमाण देखाउनु पर्ने व्यवस्था अमेरिकी वा गैर अमेरिकी सबै नागरिकलाई लागु हुने अधिकारीहरुले जनाएका छन्।

अमेरिकी केन्द्रीय रोग नियन्त्रण केन्द्रले जनवरी २६ देखि यस्तो व्यवस्था कार्यान्वयनमा आउने जानकारी दिएको छ।

“दुई बर्ष वा त्योभन्दा बढी उमेर भएका सबै यात्रुले अमेरिकी प्रवेश गर्नुअघि कोरोनाभाइरसबाट सङ्क्रमित नभएको वा कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भइसकेको प्रमाण पेश गर्नुपर्ने व्यवस्था गरिएको छ,” राज्य विभागद्वारा जारी वक्तव्यमा लेखिएको छ ।

यस्तो प्रमाण पेश गर्न नसक्नेहरुलाई बोर्डिङ पासको व्यवस्था गर्न सकिने उनीहरुले स्पष्ट पारेका छन्।

“यदि तपाइँले अन्तर्राष्ट्रिय उडानको योजना बनाउनु भएको छ भने तपाइले बढीमा तीन दिन अगाडिको कोरोना नेगेटिभ भएको प्रमाण पेश गर्नु पर्दछ,” वक्तव्यमा उल्लेख छ ।

न्यूनीकरण केन्द्रले यही जनवरी १२ मा यो व्यवस्था लागू गर्ने सम्बन्धी निर्णय गरेको थियो।