logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

उत्तराखण्ड विपत् : ११ जनाको शव भेटियो, दुई सयभन्दा बढी अझै बेपत्ता


अंकुरण खबर
1.3K
Shares

भारतको उत्तराखण्डमा हिजो आइतबार हिमनदी फुटेर आएको बाढीमा परी ११ जनाको मृत्यु भएको छ । दुई सयभन्दा बढी अझै बेपत्ता छन्।

अहिलेसम्म ११ जनाको शव निकालिएको र सम्पर्कविहीन भएका २०३ जनाको खोजी जारी रहेको उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतले जनाएका छन्।

उद्धारकर्ताहरु सुरुङको मुहानमा पुगिसकेको र उद्धार जारी रहेको बताइएको छ। ‘हामी बढीभन्दा बढी मानिसको ज्यान बचाउन प्रयासरत छौं,’ मुख्यमन्त्रीले भनेका छन्।

आइतबार बिहान करिब १० बजे उत्तराखण्डको चमोली जिल्लास्थित नदीहरुमा अचानक पानी बढेको थियो। नन्दादेवी हिमनदीको एउटा भाग टुटेर भू–स्खलन भएपछि ऋषिगंगा र अलकनन्दा नदीमा भीषण बाढी आएपछि त्यसले विनासलिला मच्चाएको हो।