logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बलिउडमा बढ्दो सुसाइड केस : सुशान्तसँगै काम गरेका सन्दीप नाहारले गरे आत्महत्या


अंकुरण खबर
1.027K
Shares

फिल्म ‘एमएस धोनी’ मा सुशान्तसिंह राजपूतको साथीको भूमिका निभाएका सन्दीप नाहारले आत्महत्या गरेका छन् ।

उनले मगंलबार मुम्बईको गोरेगाउँस्थित आफ्नै घरमा झुन्डिएर आत्महत्या गरेका हुन् । घटनाको केही घण्टाअघि उनले आफ्नो फेसबुक पेजमा एक सुसाइड नोट पोष्ट गरेको स्थानीय संचारमाध्यमहरुले उल्लेख गरेका छन् । जसमा उनले लेखेका थिए, ‘अब जिउने इच्छा नै छैन ।’

साथै उनले फेसबुकमा १० मिनेटको भिडियो पोष्ट गरेका थिए। जसमा उनले पारिवारिक समस्या र वैवाहिक जीवनसँग जोडिएका अप्ठ्याराको बारेमा बताएका छन्। उनले आफ्नी श्रीमतीमाथि गम्भीर आरोप समेत लगाएको मिडिया रिपोर्टहरुमा उल्लेख छ।

उनको शव प्रहरीले पोस्टमार्टमको लाति अस्पताल पठाएको छ। प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरिसकेको छ।

नाहार‘केसरी’ मा अक्षय कुमारसँग बट्टा सिंहको भूमिकामा पनि देखिएका थिए। साथै उनले वेबसिरिज ‘कहने को हमसफर’ मा पनि काम गरेका थिए।

पछिल्लो केही समययता बलिउडमा आत्महत्याका घटनाहरु बढ्दै गइरहेका छन्।