logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारत भ्रमणको तयारीमा सी जिनपिङ


अंकुरण खबर
845
Shares

चिनियाँ राष्ट्रपति सी जिनपिङ निकट भविष्यमा भारत भ्रमणको तयारीमा रहेको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।

ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका सम्मिलित ब्रिक्सको सम्मेलनमा भाग लिन चिनियाँ राष्ट्रपति सी भारत पुग्ने सम्भावना रहेको खबरमा उल्लेख छ।

ब्रिक्सको सम्मेलन भौतिक रुपमा भएमा भारतमा हुने र त्यसका लागि सी भारत भ्रमण गर्ने सम्भावना बढेको भारतको अंग्रेजी पत्रिका द हिन्दूले जनाएको छ।

भारत र चीनबिच सीमालाई लिएर तनाव उत्कर्षमा पुगेको र पूर्वी लद्दाखमा जारी तनाव कम गर्ने सम्बन्ध दुई देशका सेना तयार भएको परिवेशमा सी को भ्रमण हुने सम्भाना बढेर गएको हो।

चीनले सोमबार यो वर्षको ब्रिक्स बैठक भारतले गर्ने सम्बन्धमा आफ्नो समर्थन रहेको बताएको थियो।

सीमा विवादले बैठकलाई कुनै पनि प्रभाव नपार्ने चीनले बताएकाले सी को भ्रमण सो बैठकका लागि हुन सक्ने देखिएको हिन्दूले उल्लेख गरेको छ।

ब्रिक्स बैठकको मिती र स्थान भने तय भइसकेको छैन।