logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अमिताभ बच्चन एफआईएएफ अवार्डबाट सम्मानित


अंकुरण खबर
1.014K
Shares

बलिउड अभिनेता अमिताभ बच्चनलाई ‘एफआईएएफ २०२१’ अवार्ड द्धारा सम्मान गरिने भएको छ ।

उनलाई इन्टरनेसनल फेडरेशन अफ फिल्म आर्काइभले सम्मान गर्न लागेको हो ।

लामो समय बलिउडमा बिताएका अमिताभलाई फिल्म क्षेत्रमा पुर्याएको योगदानका लागि अवार्डद्धारा सम्मान गर्न लागिएको हो । भारतीय फिल्म क्षेत्रबाट यो अवार्ड पाउने पहिलो व्यक्ति अमिताभ हुन् ।

प्रख्यात अन्तर्राष्ट्रिय निर्देशक क्रिस्टोपर नोलन र मार्टिन स्कोसिगीले अवार्ड प्रदान गर्नेछन् । अवार्ड १९ मार्चमा अनलाईन कार्यक्रम गरेर प्रदान गरिने छ ।