logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अमेरिकामा नेपाली उबर ड्राइभरलाई हातपात गर्ने महिला पक्राउ


अंकुरण खबर
1.521K
Shares

अमेरिकाको सान फ्रान्सिस्कोमा नेपाली उबर ड्राइभरलाई हातपात गर्ने महिला पक्राउ परेकी छन् ।

सान फ्रान्सिस्को प्रहरीका अनुसार नेपाली उबर ड्राइभर शुभाकर खड्कालाई गत आइतबार हातपात गर्ने २४ वर्षीया मलेसिया किंगलाई बिहीबार पक्राउ गरिएको हो ।

घटनामा संलग्न अर्की महिलाको पनि खोजी भइरहेको छ। ती महिलाले आफू अधिकारीसामू उपस्थित हुने सन्देश वकिलमार्फत् पठाएकी छन् ।

पाली उबर चालकमाथि ३ महिलाले दुर्व्यवहार गरेका थिए ।

अमेरिकी सञ्चारमाध्यमका अनुसार नाम नखुलेकी ३ युवतीले ३२ वर्षीय नेपाली चालक शुभाकर खड्कालाई गाडीभित्रै अपशब्द प्रयोग गरेर दुर्व्यवहार गरेका हुन ।

यो घटना अमेरिकाको क्यालिफोर्नियाको हो। आफ्नो गाडीमा चढेकी महिला यात्रुले मास्क नलगाएको कारण मास्क लगाउन आग्रह गर्दा शुभकरमाथि ती महिलाहरुले आक्रमण गरेका थिए ।

दुइदिन अघि भएको यो घटनालाई अमेरिकी सञ्चार माध्यमहरुले प्रमुखताका साथ प्रकाशित गरेका छन् भने ती महिलाहरुले दुर्व्यवहार गर्न खोजेको भिडियो भाइरल भएको छ ।

चालक खड्काले मास्क लगाउन अनुरोध गर्दा ती महिलाहरुले खड्काको अनुहार नजिक खोक्ने, मास्क चुडाइदिने, फोन चोर्न खोज्ने जस्ता हर्कत गरेका थिए ।

मास्क नलगाउने भए आफ्नो गाडी छाड्न अनुरोध गर्दा ती महिलाहरुले गाडीवाट उत्रिएपछि गाडीभित्र खुर्सानीको धुलो स्प्रे गरिदिएका थिए।

आफूलाई एसियन भन्ने चिनेर नै उनीहरुले हेपेर दुर्व्यवहार गरेको खड्काले बताएका छन्। घटना भाइरल भएपछि उबरले ती महिलाहरुलाई उबरमा प्रतिबन्ध लगाएको बताइएको छ । एजेन्सी