logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

हलिउडकी सेलेना संगीतबाट सन्यास लिँदै


अंकुरण खबर
1.976K
Shares

अमेरिकाको चर्चित गायिका सेलेना गोमेजले संगीतबाट सन्यास लिँदै छिन् ।

उनले सांगीतिक क्षेत्रबाट सन्यास लिन लागेको अन्तर्राष्ट्रिय मिडियाले जनाइएको छ । उनले आफुले सांगीतिक क्षेत्र छोड्न लागेको भोग म्यागेजिनसँगको कुराकानीमा बताएकी हुन् ।

उनले भनेकी छन्, ‘जब मानिसले तपाइँलाई गम्भीर रुपमा लिँदैनन् तब संगीत गर्न गाह्रो हुन्छ । मेरा जीवनमा त्यस्ता धेरै क्षण आएका छन् । जतिबेला मैले संगीत किन गरिरहेको छु, के कारणले गरिरहेको छु भन्ने आफ्नै प्रश्नको सामना गरेको छु ।’

उनले आफुले निकाल्ने अर्को एल्बम फरक हुने बताउदै अब संगीतबाट सन्यास लिनुअघि अन्तिम प्रयास गर्ने बताएकी छिन् । अप्रिल महिनाको भोग कभर फोटोको लागि उनी छनोट भएकी छन् ।

साथै उनले सात वर्षको उमेर देखि नै अभिनय यात्रा शुरु गरेकी थिइन् । हालसम्म साना देखी ठुला फिल्ममा अभिनय गरिसकेकी छिन् ।