logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चीन र इरानबीच २५ वर्षसम्म सहकार्य गर्ने सम्झौता


अंकुरण खबर
1.157K
Shares

चीन र इरानबीच २५ वर्षसम्म सहकार्य गर्ने सम्झौता भएको छ ।

अमेरिका र उसका सहयोगी राष्ट्रको दबाब झेलिरहेका चीन र इरानबीच शनिबार आज राजधानी तेहरानमा ‘२५ वर्षे रणनीतिक सहयोग सम्झौता’मा हस्ताक्षर भएको हो ।

एएफपीका अनुसार इरानसँग सम्झौता गर्नकै लागि चिनियाँ विदेशमन्त्री वाङ यी शुक्रबार मात्र इरानको राजधानी तेहरान पुगेका थिए । सम्झौतामा यातायात, बन्दरगाह, उर्जा, उद्योग र सेवाहरूको क्षेत्रमा पारस्परिक लगानीको लागि योजना तय गरिएको छ ।

अमेरिकाले सन् २०१८ मा इरानलाई एकतर्फी प्रतिबन्ध लगाउनु अघि चीन इरानको प्रमुख व्यापार साझेदार राष्ट्र थियो । उसले इरानबाट सबैभन्दा बढी तेल खरिद गर्दै आएको थियो ।

ट्रम्प प्रशासनले इरानलाई परमाणु हतियार सम्झौता उल्लंघन गरेको भन्दै प्रतिबन्ध लगाएको थियो । उसले इरानसँग व्यापार गर्ने जुनै राष्ट्रमाथि कडाइ गर्ने चेतावनी दिँदै आएको छ । दुई देशबीच भएको यस सम्झौताले चीन र इरानबीचको सम्बन्ध निकै प्रगाढ हुने अपेक्षा गरिएको छ । एजेन्सी