logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बाइडेनबारे छानविन गर्न चीनलाई ट्रम्पको आग्रह


अंकुरण खबर
1.014K
Shares

अमेरिका – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जो बाइडेन र उनका छोरा हन्टर बाइडेनका सम्बन्धमा छानविन गर्न चीनलाई पनि आग्रह गरेका छन् । युक्रेनका राष्ट्रपतिलाई सोही आग्रह गरेको विषयमा महाअभियोग लगाउनेबारेमा अनुसन्धान भइरहेको समयमा उनले चीनलाई पनि त्यस्तै आग्रह गरेका हुन् ।

ट्रम्पले बाइडेन र उनका छोराले युक्रेन र चीनसँगको मामिलामा भ्रष्टाचार गरेको आरोप लगाउदै आएका छन् । तर त्यसलाई प्रमाणित गर्ने आधार अहिलेसम्म फेला परेको छैन । ट्रम्पमाथि राजनीतिक स्वार्थका लागि राजनीतिक प्रतिद्वन्द्वीको छवी धमिल्याउने कामका लागि विदेशी शक्तिको सहयोग मागेको आरोप छ ।

अमेरिकी संसदको तल्लो सदनले सोही विषयमा ट्रम्पमाथि महाअभियोग लगाउने सम्बन्धमा अनुसन्धान गरिरहेको छ । बाइडेन आगामी बर्ष अमेरिकामा हुने राष्ट्रपति निर्वाचनमा डेमोक्रेटिक पार्टीका तर्फवाट उम्मेदबार बन्ने प्रतिस्पर्धामा छन् ।