logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अस्ट्रेलियाको ब्रिसबेन सहरमा पुनः लकडाउन घोषणा


अंकुरण खबर
988
Shares

अस्ट्रेलियाको ब्रिसबेन सहरमा पुनः लकडाउन घोषणा गरिएको छ। क्विन्सल्यान्ड राज्यको राजधानी ब्रिसबेनमा सोमाबरदेखि बिहीबारसम्म लकडाउन लागू गरिएको हो।

बीबीसीका अनुसार पछिल्लोपटक ७ कोरोना संक्रमित थपिएकका थिए। यसअघि गत जनवरीमा एक मात्र संक्रमित थपिँदा ३ दिनसम्म लकडाउनको लागू गरिएको थियो।

अस्ट्रेलियामा कोरोना संक्रमण पहिलोपटक एक वर्ष पहिले देखिएको थियो। यसले धैरै सहर प्रभावित भएको थियो। ब्रिसबेनमा लकडाउन सुरु भएको जानकारी पाउनसाथ सिडनीमा विमानस्थलमा रहेका यात्रीहरू अलपत्र परेका छन्।

२० लाख मानिसहरु बसोबास गर्दछन्। अस्ट्रेलियामा कोरोनाबाट संक्रमित हुनेको कुल संख्या २९ हजार २७३ पुगेको छ। कोरोना संक्रमणकै कारण ९०९ जनाको मृत्यु भइसकेको छ। यस्तै २६ हजार २७५ कोरोनामुक्त भएका छन्।