logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतमा थप ३५४ जना कोरोना संक्रमितको मृत्यु, ५३ हजार बढीमा संक्रमण


अंकुरण खबर
819
Shares

भारतमा थप ५३ हजार ४८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

यससँगै कूल संक्रमितको संख्या १ करोड २१ लाख ४९ हजार ३३५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणका कारण थप ३५४ जनाको मृत्यु भएको छ । हाल भारतमा कोरोना संक्रमितको दर संगै मृत्यु दर पनि बढ्दो छ ।

भारतमा १ लाख ६२ हजार ४६८ जनाको मृत्यु संक्रमणका कारण भइसकेको छ। अहिले भारतमा ५ लाख ५२ हजार ५६६ जना सक्रिय कोरोना संक्रमित रहेका छन् ।