logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

 ताइवानमा रेल दुर्घटना, ३६ जनाको मृत्यु


अंकुरण खबर
780
Shares

ताइवानमा रेल दुर्घटना हुँदा कम्तीमा ३६ जनाको मृत्यु भएको छ ।

ताइेपेईबाट ताइतुङ गइरहेको करिब ३ सय ५० यात्रु रहेको रेल दुर्घटनामा परेको अधिकारीहरुले जनाएका छन् ।

दुर्घटनामा अन्य ७२ जनाभन्दा बढी घाइते भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । दुर्घटनालाई चार दशककै सबैभन्दा ठूलो मानिएको छ ।

ट्रकलाई ठक्कर दिएपछि रेल सुरुङभित्र लिक बाहिर गएर दुर्घटनाग्रस्त भएको हो । अझै पनि केही यात्रु भित्रै फसिरहेको र उनीहरुको उद्धार भइरहेको बताइएको छ ।