भारतमा एकैदिनमा थप १ लाख २६ हजार ३१५ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।
पछिल्लो २४ घण्टामा संक्रमण पुष्टि हुनेको यो संख्या भारतमा अहिलेसम्मकै धेरै हो । यसअघि गत (बुधबार) चैत्र २५ मा भारतमा दोस्रो धेरै १ लाख १५ हजार २६९ जनामा संक्रमण पुष्टि भएको छ ।
यो वृद्धिसँगै त्यहाँ संक्रमितको संख्या १ करोड २९ लाख २६ हजार ६१ पुगेको छ । हालसम्म भारतमा १ करोड १८ लाख ४८ हजार ९०५ जना संक्रमणमुक्त भएका छन् ।
अब भारतमा सक्रिय संक्रमितको संख्या ९ लाख १० हजार २६१ पुगेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । यस्तै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ६६ हजार ८९२ पुगेको छ ।