logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतमा रायपुरको कोरोना अस्पतालमा आगलागी हुँदा पाँच जनाको ज्यान गयो


अंकुरण खबर
1.612K
Shares

भारतको छत्तिसगढ राज्यको राजधानी रायपुरस्थित एक कोरोना अस्पतालमा आगलागी हुँदा पाँच जनाको ज्यान गएको छ ।

आगलागीमा मृत्यु हुनेमा ४ जना कोरोना संक्रमित छन् ।

रायपुरको पचेडी नाका छेउमा रहेको निजी अस्पतालको आइसियु कक्षमा बिद्युत सर्ट भइ आगलागी भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ५० जना कोरोना संक्रमित समेत गरी १४५ जना बिरामी उपचाररत सो अस्पतालमा आगलागी हुँदा बिरामीहरुबीच भागदौड मच्चिएको थियो ।

घटनामा केही बिरामी घाइते भएका छन् । आगलागीपछि बिरामीलाई अन्य अस्पतालमा सारिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

एक बिरामीको आगलागीमा जलेर मृत्यु भएको थियो भने अर्का बिरामीको आगलागीका कारण असक्सिजन सप्लाई बन्द भएर मृत्यु भएको थियो ।