अमेरिका – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले टर्कीको अर्थतन्त्रलाई सखाप पारिदिने चेतावनी दिएका छन् । उत्तर–पूर्वी सिरियाबाट अमेरिकी फौजलाई फिर्ता लैजाने उनले लिएको आश्चर्यपूर्ण निर्णयको टर्कीले फाइदा उठाउन खोजे आफूले कडा कदम चाल्ने बताए ।
टर्कीले उसको सीमा पार सिरियाली क्षेत्रमा रहेका कुर्द फौजमाथि हमला गर्ने योजना गरिरहेको छ । ट्रम्पले टर्की ज्यादती गरे उसको अर्थतन्त्र सखाप पारिदिने चेतावनी दिएका छन् । उनले आफ्नो उद्देश्य अमेरिकी फौजलाई घर फिर्ता ल्याउनु रहेको बताए ।