logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

महाराष्ट्रको एक अस्पतालमा अक्सिजन ट्यांकी लिक, अक्सिजन सप्लाई रोकिँदा २२ जनाको मृत्यु


अंकुरण खबर
1.781K
Shares

भारत महाराष्ट्रको नासिकमा बुधबार एक सरकारी अस्पतालमा अक्सिजनको अभावमा २२ जनाको मृत्यु भएको छ।

नासिकको जाकिर हुसेन अस्पतालमा अक्सिजन ट्यांक लिक हुँदा मर्मतका लागि ३० मिनेट अक्सिजन सप्लाई बन्द भएपछि २२ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

थप ३५ जनाको अवस्था गम्भीर भएको बताइएको छ।

उक्त समयमा असप्तालमा १७१ जना बिरामी अक्सिजनको सपोर्टमा र ६७ जना बिरामी भेन्टिलेटरमा थिए।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार अक्सिजन ट्यांकबाट अक्सिजन सप्लाई हुने पाइप लिक भएको थियो। उक्त लिकेज मर्मतका लागि ३० मिनेट लागेको थियो। हाल उक्त मर्मत सकिएको छ।

यसबीच स्थानीय प्रशासनले घटनाको अनुसन्धान सुरु गरेको छ।