भारतको मुम्बईस्थित विजय वल्लभ कोरोना विशेष अस्पतालको आईसीयू वार्डमा आगलागी हुँदा १३ जना विरामीको मृत्यु भएको छ ।
विद्युत सर्ट हुँदा आज विहान साढे तीन बजेतिर आगलागी भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
आईसीयू वार्डमा १७ जना विरामीको उपचार भइरहेको थियो । अस्पतालका विरामीहरुलाई नजिकैको अन्य अस्पतालहरुमा पठाइएको छ ।
गत मंगलबार महाराष्ट्रको नासिकमा अक्सिजन लीक हुँदा २४ जना कोरोना संक्रमितको मृत्यु भएको थियो ।