logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जर्मनीमा अन्धाधुन्धा गोली चल्दा २ जनाको मृत्यु


अंकुरण खबर
936
Shares

जर्मनी – जर्मनीको पूर्वी शहर हालेमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा दुईजनाको मृत्यु भएको छ ।

प्रहरीले आक्रमणमा संलग्न भएको आरोपमा एक जनालाई पक्राउ गरेको छ । तर अरु आरोपित भने सवारी साधानमा भाग्न सफल भएको जनाइएको छ ।

सैन्य पोशाक लगाएका व्यक्तिले धेरै बन्दुक बोकेको र अन्धाधुन्ध गोली चलाएको प्रतक्ष्यदर्शीले बताएका छन् । अर्का आक्रमणकारीले पेट्रोल बम तथा ग्रिनेड प्रहार गरेको बताइएको छ । पाउलूस क्षेत्रमा रहेको यहुदीहरूले प्रार्थना गर्ने स्थान बाहिर सो आक्रमण भएको हो ।