logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

२७ वर्षपछि अर्बपति बिल गेट्स र मेलिन्डाको डिभोर्स


अंकुरण खबर
689
Shares

अमेरिकाका अर्बपति बिल गेट्स र उनकी पत्नी मेलिन्डा गेट्सले २७ वर्षपछि डिभोर्स गर्ने निर्णय गरेका छन् ।

बिल गेट्सले डिभोर्ससम्बन्धी जानकारी दिँदै ट्विटरमा लेखेका छन्, ‘निकै सोचविचार गरेपछि हामीले डिभोर्स गर्ने विचार गरेका छौँ । बितेको २७ वर्षमा हामीले तीन बच्चाको लालनपालन गर्यौँ । यसका साथै एउटा यस्तो संस्था बनायौँ जसले विश्वभरका मानिसका लागि स्वास्थ्य र असल जीवन जिउन सहयोग गरिरहेको छ ।’

बिल गेट्सले अब सँगै बस्न नसकिने उल्लेख गर्दै लेखेका छन् ,‘यस संस्थालाई हामीले अगाडि बढाउने छौँ । हामीलाई लाग्छ कि अब हामी सँगै अगाडि बढ्न सक्दैनौँ । अब हामी आआफ्नो बाटो खोज्नेछौँ । हामी हाम्रो परिवारको निजी मामिलालाई सम्मान गरेको देख्न चाहन्छौँ ।’

बिल र मेलिन्डाले प्रतिष्ठित् संस्था बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसन पनि चलाउँछन् । यस संस्थामार्फत् उनीहरूले विश्वभरका रोगी बालबालिकाका लागि औषधी र भ्याक्सिनमा अर्बौ रुपैयाँ खर्च गरेका छन् ।​

फोर्ब्स पत्रिकाका अनुसार १२४ बिलियन अमेरिकी डलरसहित बिल गेट्स विश्वको चौथो धनी मानिस हुन् ।

सन् १९७० को दशकमा बिल गेट्सले कम्प्युटर सफ्टवेयर कम्पनी माइक्रोफ्टको स्थापना गरेका थिए । असीको दशकमा मेलिन्डा माइक्रोसफ्ट कम्पनीमा काम गर्न आएकी थिइन् ।  सोही बेलामा दुबैको चिनजान भएको थियो ।

बिल गेट्सले सन् १९९४ मा हवाइमा विवाह गरेका थिए । यो पनि भन्ने गरिन्छ कि उनको बिहेमा बिलले हवाइको द्वीपका सबै स्थानीय हेलिकप्टर बुक गरेका थिए । ताकि उनको बिवाहमा जति पनि पाहुना आउन सकुन् ।

बीबीसी हिन्दीबाट साभार

फाइल तस्बिर।