logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

भारतमा एकैदिनमा थपिए अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित


अंकुरण खबर
884
Shares

दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा कोरोना भाईरसका संक्रमितको संख्या वढ्ने क्रम रोकिएको छैन् ।

पछिल्लो २४ घण्टामा भारतमा ४ लाख १४ हजार ४३३ जनामा संक्रमण पुष्टि भएको छ । एकैदिन संक्रमित हुनेको यो संख्या अहिलेसम्मको सबैभन्दा उच्च हो ।

पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या २ करोड १४ लाख ८५ हजार २८५ पुगेको भारतीय मिडियाले जनाएको छ । हालसम्म भारतमा १ करोड ७५ लाख ९७ हजार ४१० जना संक्रमणमुक्त भएका छन् ।

दोस्रो लहरको संक्रमण बढ्दै जाँदा भारतमा मृतक संख्या पनि दिनदिनै बढ्दो क्रममा छ । यस्तै त्यहाँ एकैदिन ३९ सय २० संक्रमितको मृत्यु भएको छ ।

पछिल्लो विवरणसँगै भारतमा मृतक संख्या २ लाख ३४ हजार ७१ पुगेको छ ।