logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

कक्षाकोठामै ११ वर्षीया छात्राले गोली चलाउँदा तीन जना घाइते, बाइडेनले गरे यस्तो घोषणा


अंकुरण खबर
780
Shares

अमेरिकास्थित एक विद्यालयकी ११ वर्षीया छात्राले गोली चलाउँदा दुईजना विद्यार्थी र एकजना विद्यालयका कर्मचारी घाइते भएका छन्।

ती छात्रा आइडाहो राज्यको बोइस सहरस्थित रिग्बी मिडल स्कुलमा अध्ययनरत हुन्।

उनले झोलामा रहेको पेस्तोल निकालेर कक्षाभित्र अन्धाधुन्ध गोली चलाएको प्रहरी अधिकारीको भनाइ छ। प्रहरीका अनुसार सो विद्यालयकी शिक्षिकाले उनलाई नियन्त्रणमा लिएर प्रहरीमा बुझाएकी हुन्।

ती विद्यार्थीले किन गोली चलाएकी हुन् भन्ने अनुसन्धानकै क्रममा छ। घटनाको एफबीआई र स्थानीय प्रहरीले अनुसन्धान गरिरहेको छ।

घटनापछि राष्ट्रपति जो बाइडेनले बन्दुक नियन्त्रणमा कडाइ गर्ने घोषणा गरेका छन्। बीबीसी