इजरायली प्रहरी र प्यालेस्टेनी धर्माबलम्बीबीच एक मस्जिदमा झडप हुँदा १७० जना भन्दा बढी मानिस घाइते भएका छन् ।
बीबीसीले जनाए अनुसार इजरायलको अल अक्सा मस्जिदमा भेला भएका मुस्लिम समुदायका धमाबलम्बीले रमादानको अन्तिम दिन प्रार्थनाका क्रममा भएको झडपमा उनीहरु घाइते भएका हुन्।
झडपकै क्रममा प्रदर्शकारीहरुले प्रहरीमाथि बोतल र ढुंगा प्रहार गरेका थिए भने प्रहरीले प्रर्दशनकारीमाथि ग्रेनेड प्रहार गर्दा दर्जनौ प्रहरी घाइते भएका थिए ।
जेरुसलममा इजरायल र पेलेस्टेनी जनताबीच लामो समयदेखि केही न केही निउँमा झडप हुने गरेको छ।