अमेरिकाको फुड एण्ड ड्रग एडमिनिस्ट्रेसनले १२ दखि १५ वर्ष उमेर समूहलाई कोरोनाविरुद्धको खोप फाइजर र बायोएनटेक लगाउने अनुमति दिएको छ।
अमेरिकाको फुड एण्ड ड्रग एडमिनिस्ट्रेसनले खोप लगाउने अनुमती दिएको हो। ‘यो एक खुःशीको खबर हो,’ न्यू योर्कको माउन्ट सिनै अस्पतालका बाल रोग तथा खोप विशेषज्ञ डा। क्रिस्टिन ओलिभरले भनिन्, ‘हामीले यस उमेर समूहका बलबालिकालाई सुरक्षा प्रदान गर्ने विषयमा काम गरिरहेका थियौं ।’
अमेरिकामा फाइजर र बायोएनटेक खोप १६ बर्ष उमेर समूहभन्दामाथिका मानिसलाई पहिले नै लगाउने अनुमति दिइएको थियो।
राष्ट्रपति बाइडेनले करिब २० हजार फार्मेसीले १२ दखि १५ वर्ष उमेर समूहलाई खोप दिने व्यवस्था मिलाउन तयार भएको बताएका छन्। एजेन्सी