logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतले बनायो कोरोनाविरुद्धको खोप, आज सार्वजनिक गरिँदै


अंकुरण खबर
1.586K
Shares

छिमेकी देश भारतले कोरोना भाइरस (कोभिड-१९) विरुद्धको औषधी तयार पारेको दाबी गरेको छ ।

भारतको रक्षा मन्त्रालयले आइतवार ट्वीट गर्दै त्यसबारेमा जानकारी गराएको छ । साथै आज (सोमवार) उक्त औषधी सार्वजनिक गर्ने समेत जानकारी दिएको छ ।

भारतमा कोभिड-१९ विरुद्धको पहिलो औषधि मानिएको उक्त खोप रक्षामन्त्री राजनाथ सिंहले सार्वजनिक गर्नेछन् । उक्त औषधिको नाम २-डीजी दिइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

औषधी भारतको रक्षा अनुसन्धान र विकास संगठनद्वारा बनाइएको हो । यो औषधीलाई भारतले आपतकालिन प्रयोगको लागि अनुमती दिएको छ ।