logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतमा दुई लाख ६७ हजार संक्रमित थपिए, चार हजार ५२५ मृत्यु


अंकुरण खबर
1.521K
Shares

भारतमा एकै दिन दुई लाख ६७ हजारमा कोरोना संक्रमण देखिएको छ भने चार हजार पाँच सय २५ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा दुई लाख ६७ हजार एक सय ७४ जनामा कोरोना देखिएको हो । योसँगै भारतमा कोरोना संक्रमितको संख्या २ करोड ५४ लाख ९५ हजार १४४ पुगेको छ । सक्रिय संक्रमित पनि ३२ लाख ३२ हजार १६५ पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

अहिले भारतमा सक्रिय संक्रमितको संख्या ३२ लाख ३२ हजार एक सय ६५ पुगेको छ। सक्रिय संक्रमित बढ्दै गएकाले गम्भीर बिरामीलाई पनि अस्पताल भर्ना हुन मुस्किल भएको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा चार हजार पाँच सय २५ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या दुई लाख ८३ हजार दुई सय ७६ पुगेको छ ।