logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतमा तेस्रो लहरको कोरोनाले बालबालिका बढी जोखिममा


अंकुरण खबर
4.004K
Shares

भारतमा पछिल्लो समय बालबालिकामा कोरोना संक्रमण तीव्र रुपमा बढ्दै गएको छ ।

विज्ञहरुले कोरोनाको तेस्रो लहरमा बालबालिकालाई बढी खतरा हुने भनिरहँदा अहिले नै धेरै संख्यामा बालबालिका संक्रमणमा पर्न थालेको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।

भारतको कर्नाटकमा मात्रै पछिल्लो १५ दिनमा १९ हजार भन्दा बढी बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ। महाराष्ट्रपछि बढी कोरोना संक्रमित भएको कर्नाटकमा पछिल्लो समय बालबालिकामा संक्रमण देखिने क्रम तीव्र रुपमा बढेको भन्दै विशेष सावधानी अपनाउन त्यहाँको सरकारले आग्रह समेत गरेको छ। अत्याधिक मात्रामा बालबालिकामा कोरोना संक्रमण पुष्टि हुने र मृत्यु हुने क्रम बढेसँगै त्यहाँको सरकारले विशेष अलर्ट जारी गरिसकेको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।

कोरोना संक्रमण देखिएका बालबालिकामा कोरोनाका सामान्य लक्षणभन्दा फरक पेट दुख्ने, झाडापखाला लाग्ने, छाला चिलाउने लगायतका लक्षण देखिएको चिकित्सकहरु बताउँछन्। बच्चामा कुनै पनि लक्षण देखिने बित्तिकै स्वास्थ्यकर्मीको सल्लाह र परामर्श लिन सबै अभिभावकलाई आग्रह गरिएको छ।

नेपालमा पनि पहिलो लहरको तुलनामा दोस्रो लहरमा बढी बालबालिकामा संक्तमण पुष्टि हुन थालेको सरकारी तत्थ्यांक छ।