logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पाकिस्तानले स्वदेशमै बनायो कोरोनाविरुद्धको खोप पाकभ्याक


अंकुरण खबर
741
Shares

कोरोना संक्रमणसँग जुधिरहेको पाकिस्तानले आफ्नै देशमा कोरोनाविरुद्धको खोपको निर्माण गरेको बताएको छ।

पाकिस्तानी प्रधानमन्त्रीका विशेष स्वास्थ्य सल्लाहकार डा. फैसल सुल्तानले सोमबार ट्विटरमार्फत चिनियाँ कम्पनी कान्सिनो बायोसँगको सहकार्यमा कोरोनाविरुद्धको खोप ‘पाकभ्याक’ निर्माण गरिएको जानकारी गराएको का हुन्।

उनले हाल पाकभ्याक क्लिनिकल ट्रयालमा रहेको पनि बताएका छन्। पाकभ्यास्कको निर्माणले पाकिस्तानलाई कोरोना भाइरसविरुद्धको खोपका लागि अन्य देशसँगको भर पर्नुपर्ने अवस्थामा राहत पुग्ने विश्लेषण गरिएको छ ।

पाकिस्तानको राष्ट्रिय स्वास्थ्य संस्थान र यसको समूहले चीनको कान्सिनो बायोको सहयोगमा खोप निर्माण गर्न सफल भएको प्रति सुल्तानले बधाई ज्ञापन गरेका छन्।

पाकिस्तानको राष्ट्रिय स्वास्थ्य संस्थानले अब हरेक महिना ३० लाखको संख्यामा खोप उत्पादन हुने बताएको छ।