logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो २४ घण्टामा भारतमा दुई लाख ११ हजार नयाँ संक्रमित थपिए, ३८ सयको मृत्यु,


अंकुरण खबर
806
Shares

कोरोनाभाइरस संक्रमणका कारण भारतमा पछिल्लो २४ घण्टामा ३ हजार ८ सय ४७ जनाको मृत्यु भएको छ ।

भारतमा संक्रमण दरमा कमि आए पनि मृत्युदरमा भने कमि आएको छैन ।

पछिल्लो २४ घण्टामा दुई लाख ११ हजार २ सय ९८ जना नयाँ संक्रमित थपिएका छन् भने २ लाख ८३ हजार १ सय ३५ जना डिस्चार्ज भएका छन् । पछिल्लो साता भारतमा नयाँ संक्रमित हुनेभन्दा संक्रमणमुक्त हुनेको संख्या बढी छ ।

भारतमा कोरोना संक्रमण हुनेको कुल संख्या २ करोड ७३ लाख भन्दा बढी छन् भने २ करोड ४६ लाखभन्दा बढी संक्रमणमुक्त भएक भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

भारतमा कुल ३ लाख १५ हजार २ सय ३५ जनाले ज्यान गुमाइसकेका छन् भने २४ लाख १९ हजार ९ सय ७ जना संक्रिय संक्रमित रहेका छन् ।