logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जापानमा आँधी आउँदा ११ जनाको मृत्यु, ५० हजार विस्थापित


अंकुरण खबर
1.703K
Shares

जापानमा शनिबार आएको शक्तिशाली आँधीले राजधानी टोकियो तथा वरपरका क्षेत्रमा क्षति पु¥याएको छ  । आँधीका कारण भीषण वर्षा हुनुका साथै कतिपय स्थानमा बाढी गएको छ  । हालसम्म ११ जनाको मृत्यु हुनुका साथै ५० हजार मानिसहरु विस्थापित भएकोे अधिकारीले पुष्टि गरेका छन् ।

जापानी संचामाध्यमका अनुसार १० औं हजार घरमा विद्युत् आपूर्ति बन्द भएको छ  । जापानको जलवायु निकायका अनुसार आँधीसँग १८० किलोमिटर प्रतिघण्टाको हावाहुरीले थप वर्षा तथा बाढी निम्त्याउन सक्ने जनाएका छन् । भीषण आँधीसँगै रग्बी विश्वकप तथा फर्मुला–वानका केही खेलहरू स्थगित हुनुका साथै कयौं उडानहरू रद्द भएका छन् भने रेल सेवा बन्द छ  ।

आँधी प्रभावित मानिसलाई विभिन्न अस्थायी शिविरमा राखिएको छ । कतिपय सहर तथा गाउँमा हालसम्मकै ठूलो वर्षा भएपछि आपत्कालीन अवस्था सूचना जारी गरिसकेको छ । अधिकारीका अनुसार ‘हगिबिस’ आँधी सन् १९५९ यताकै शक्तिशाली हो । एजेन्सी