logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चीनको ‘सिनोभ्याक’ खोपले पायो डब्ल्यूएचओको अनुमति


अंकुरण खबर
832
Shares

विश्व स्वास्थ्य सङ्गठनले चीनको सिनोभ्याक कम्पनीको कोभिड खोपलाई पनि आपत्‌कालीन प्रयोगको अनुमति दिएको छ।

सङ्गठनले अनुमति पाउने यो दोस्रो चिनियाँ खोप हो। यससँगै विश्वभरि खोप वितरणका निम्ति स्थापित कोभ्याक्स कार्यक्रमले यो खोप पनि प्रयोग गर्न पाउने छ।

खोपलाई १८ वर्षमाथि उमेरका मानिसहरूलाई लगाउन मिल्ने सिफारिस गरिएको छ भने दुई देखि चार साताको अन्तरालमा दुई मात्रा लगाउनु पर्ने जनाएको छ।

सिनोभ्याकको यो खोप चीन, चिली, ब्राजिल, इन्डोनेशिया, मेक्सिको, टर्की र थाइल्यान्डमा यसअघि नै लगाउन थालि सकिएको थियो।