logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

हागिबिस आँधीबाट जापानमा मृत्यु हुनेको संख्या ७० पुग्यो


अंकुरण खबर
1.404K
Shares

शक्तिशाली समुद्री आँधी हागिबिसका कारण जापानमा ज्यान गुमाउनेको संख्या ७० पुगेको छ ।

जापानमा आँधी पुगेको चौथो दिन मंगलबारसम्म ज्यान गुमाउनेको संख्या ७० पुगेको स्थानीय अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ ।

पछिल्लो ६० वर्ष यताकै शक्तिशाली आँधीका कारण जापानको जनजीवन प्रभावित भएको छ । आँधीका कारण प्रभावितहरुको उद्धार तथा राहतका लागि एक लाख १० हजार भन्दा बढी सैनिक तथा उद्धारकर्मी परिचालन गरिएको जापान सरकारले जनाएको छ ।