logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

श्रीलंकामा सन् २०२२ सम्ममा सबैलाई कोभिडको खोप लगाइने


अंकुरण खबर
858
Shares

श्रीलंकाले सन् २०२२ सम्ममा आफ्ना नागरिकलाई खोप लगाइसक्ने बताएको छ।

श्रीलंका सरकारले सोही बमोजिम काम गरिरहेको अधिकारीहरुले जानकारी दिएका छन्। श्रीलंकाका सञ्चारमाध्यमहरुले यहाँको सेनाका एकजना कमाण्डरलाई उद्धृत गर्दे सो जानकारी दिएका हुन्।

यहाँका सैनिक कमाण्डर सवेन्दै सिल्भाले बुधबार एक कार्यक्रममा बोल्दै यहाँको सरकारले यस अनुसारको कामको तयारी गरिरहेको जानकारी दिए। उनले श्रीलंकामा खोप लगाउने राष्ट्रिय कार्यक्रमको घोषणा गरिएको र देशव्यापी रुपमा नै खोप लगाउन थालिएको पनि उनले सो कार्यक्रममा बताए।

उनले यो सरकारको कार्यक्रम रहेको र यसलाई सघाउनु सबै नागरिकको कर्तव्य पनि भएको जानकारी दिए। वास्तवमा कोभिडको महामारी भनेको सरकारको मात्र या कुनै स्वास्थ्य सम्बन्धी मुद्दा नभएर देशकै समस्या भएकोले सबैले एक भएर यसका विरुद्ध काम गर्नुपर्ने पनि उनले बताए।

श्रीलंका सरकारले आफ्ना नागरिकलाई आवश्यक पर्ने खोपको खोजी गरिरहको र आवश्यकताका आधारमा प्राप्त गर्ने आश्वासन पनि पाएको उनले बताए। उनले श्रीलंकाले अहिले कोरोनाको तेस्रो वेभको सामना गरिरहेको जानकारी पनि दिए। श्रीलंकामा कोभिड १९ का दुई लाखभन्दा बढी संक्रमित रहेका छन्। रासस