भारतको केरलामा इन्टरनेटबाट उपलब्ध हुने अश्लील सामग्री कम उमेरका केटाकेटीको पहुँचमा पुग्न नदिन विशेष अभियान थालिएको छ।
गत साता सो प्रान्तमा केटाकेटीको पहुँचमा अश्लील सामाग्री पुगेको भन्दै सोविरुद्ध ३ सय ७० वटा मुद्दा दर्ता भएका थिए।
सो मुद्दापछि केरला पुलिसले डिजिटल माध्यमबाट बच्चासम्म अश्लीलता पुग्न नदिन अभियानलाई तीव्र बनाएको छ ।
प्रहरीले एक सातामा दर्जनौँ व्यक्तिलाई पक्राउ गरेको छ । सो क्रममा प्रहरीले मोबाइल फोन, मेमोरी कार्ड, हार्ड ड्राइभलगायत उपकरण जफत गरेको छ । एजेन्सी