logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

तपाई कहिल्यै रुनुभएको छ ? यस्ता छन् रुनुका फाइदाहरु…


अंकुरण खबर
2.236K
Shares

नेपालमा मात्रै होइन विश्वमै रूनलाई नकारात्मक रूपमा लिइन्छ ।

अर्थात् कुनै पनि पीडा वा दुःखका बेलमा मात्र रूने गरिन्छ भन्ने अधिकांशको बुझाइ छ । तर हामी रूदा आँखाबाट झर्ने आँसुले हामीलाई फाइदा पनि गर्छ भन्नेबारेमा धेरैको चासो गएको पाइदैन।

भावनात्मक कुरा गर्दा आँसु झार्ने व्यक्तिलाई कमजोर मुटु भएको भनेर चित्रित पनि गरिने गरेको पाइन्छ । तर यसमा सत्यता नभएको अनुसन्धानले देखाएको छ ।

जो व्यक्ति भावनात्मक कुरा गर्दा रुन्छन्, उनीहरु भावनात्मक रुपमा अरु व्यक्तिभन्दा राम्रा हुन्छन् । साथै यस्ता व्यक्तिको स्वभाव पनि धेरै राम्रो हुन्छ । यदि तपाईं पनि यस्ता व्यक्तिमा पर्नुहुन्छ भने यसमा शरम मान्नुको अर्थ छैन । यो तपाईंभित्र एक राम्रो गुण भएको संकेतको रूपमा लिनुपर्छ ।

जो व्यक्ति रुन्छन्, त्यस्तालाई कहिल्यै पनि कमजोर सोच्नुहुँदैन । यस्ता व्यक्ति यो सोच्दैनन् कि सबैको अगाडि रुँदा अरुले के सोच्लान रु न त उनीहरु आफूलाई कमजोर नै ठान्छन् । जो एक राम्रो बानीको रूपमा लिनुपर्छ ।

भनिन्छ कि रुनु तनाव भागउने सबैभन्दा उत्कृष्ट उपाय हो । यदि तपाई तनावमा हुनुहुन्छ र त्यसलाई हटाउन सकिरहनुभएको छैन भने तपाईको मनमा नकरात्मक कुराले बढी स्थान लिन्छ । जसका कारण तपाईं विभिन्न खाले रोगको चपेटमा पनि आउन सक्नुहुन्छ । यसकारण तनावका बेला केही समय रुनुहोस्, जसले तपाईको मन हलुको हुनेछ ।

हामी रूदा आँखाबाट झर्ने आँसुको माध्यमबाट हाम्रो शरीरमा भएका नकारात्मक तत्व तथा बीषालु पदार्थलाई बाहिर निकाल्ने गर्दछ, जसबाट हाम्रो दिमाग स्वस्थ र हल्का हुने गर्दछ । एजेन्सीको सहयोगमा