logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतमा १०४ दिन यताकै कम संक्रमित फेला, मृत्यु हुनेको संख्या ४ लाख नाघ्यो


अंकुरण खबर
845
Shares

भारतमा पछिल्लो २४ घण्टामा ४३ हजार ३६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै भारतमा कोरोना संक्रमितको ३ करोड ४ लाख नाघेको छ।

यस्तै भारतमा  पछिल्लो २४ घण्टामा कोरोनाका कारण ७ सय ९६ जनाको मृत्यु भएको छ  । यो संगै भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४ लाख २ सय ७१ पुगेको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

यस्तै भारतमा एकैदिन ५४ हजार भन्दा बढी कोरोना मुक्त भएका छन् । यो सँगै भारतमा कोरोना मुक्त हुनेको संख्या २ लाख ९५ हजार नाघेको छ ।

हाल भारतमा पाँच लाखभन्दा बढी सक्रिय संक्रमित रहेका छन्।