logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

फिलिपिन्समा सैनिक विमान दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ५० पुग्यो,  ४९ जना घाइते


अंकुरण खबर
1.248K
Shares

फिलिपिन्समा सेनाको विमान दुर्घटना हुँदा ५० जनाको मृत्यु भएको छ भने ४९ सैनिक घाइते भएका छन्।

लकहिड सी-१३० विमानमा ९६ जना सवार थिए, जसमध्ये अधिकांश सैनिक थिए। यो विमान सुलु प्रान्तको जोलो द्वीपमा ल्याण्ड गर्ने प्रयास गर्दा दुर्घटनाग्रस्त भएको बीबीसीले जनाएको छ।

रक्षा मन्त्रालयका अनुसार मृत्यु हुनेमा अधिकांश सैनिक छन्। तर चौरमा रहेका तीन मानिसको पनि मृत्यु भएको छ।

फिलिपिन्समा सुरक्षा बलका प्रवक्ताले समाचार संस्था एबीएस(सीबीएनलाई बताए अनुसार विमान दुर्घटनाको कारण पत्ता लगाउन फ्लाइटको डाटा रेकर्डरको खोजी भइरहेको छ।

मेजर जनरल एडगार्ड अरेवालोले विमानमाथि कसैले हमला गरेको आशंकालाई अस्वीकार गरेको बीबीसीले जनाएको छ।

सुलुको मुख्य शहर जोलोमा विमानस्थल एक पहाडी क्षेत्रबाट केही किलोमीटरको दूरीमा रहेको छ। जहाँ सेना अबू सय्यफ नामको चरमपन्थी गुटुसँग लडाइँ लडिरहेको छ। यसका केही उग्रवादीहरु इस्लामिक स्टेट समूहसँग जोडिएका छन्।

एएफपीका अनुसार विमानमा सवार केही यात्रीले हालसालै सैन्य प्रशिक्षणमा स्नातकको डिग्री लिएका थिए र उनीहरुलाई मुस्लिम बाहुल्यता भएको अशान्त क्षेत्रमा चरमपन्थिसँग लड्ने एक टास्क फोर्सको हिस्साको रुपमा तैनाथ गर्न लागिएको थियो।