चीनले कोरोना खोप नलगाउने स्वदेशी तथा विदेशीलाई सार्वजनिक स्थानमा प्रवेश नदिने भएको छ ।
कोरोना महामारी नियन्त्रणका लागि चीनले यस्तो कदम चालेको हो ।
नयाँ नियम लागु भए सँगै विद्यालय, कलेज, अस्पताल, शपिङ मल, सिनेमा हल, क्लब लगायतका सार्वजनिक स्थानमा खोप नलगाउने व्यक्ति प्रवेश गर्न पाउने छैन ।
चीनमा अहिले सम्म ९२ हजार १४७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै कोरोनाबाट अहिले सम्म ४ हजार ६३६ जनाको मृत्यु भएको । चीनमा अहिले सम्म एक अर्व ४० करोडले कोरोनाविरुद्ध खोप लगाएका छन् । एजेन्सी