भारतमा एकैदिन कोरोना संक्रमणबाट थप ३ हजार ९९८ जनाको मृत्यु भएको छ ।
भारतले मृतकको संख्या सच्याएपछि मृतकको संख्या एकैदिन ४ हजार पुगेको हो ।
भारतले कोरोनाबाट भएको मृत्युको संख्या लुकाएको अमेरिकी ‘सेन्टर फर ग्लोबल डेभलपमेन्ट’ नामक संस्थाले एक अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै आरोप लगाएको थियो ।
उक्त संस्थाले भारतले सार्वजनिक गरेको तथ्याङ्कभन्दा १० गुणा बढीको मृत्यु भारतमा भएको दाबी गरेको छ । भारतमा हालसम्म ३४ देखि ४७ लाखको मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ ।
तथ्याङक अनुसार भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४ लाख १८ नाघेको छ । एजेन्सी