logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अफगानी शरणार्थीका लागि बाइडेन प्रशासनको १ अर्ब डलर


अंकुरण खबर
637
Shares

अमेरिकी राष्ट्रपति जो बाइडेनले आपतकालका लागि भन्दै १ अर्ब डलर छुट्टयाएको छ। बाइडेन प्रशासनले अफगानस्तानबाट अमेरिका आउन चाहाने सर्वससाधारणका लागि भन्दै उक्त रकम छुट्टयाएको हो।

अफगानिस्तानमा उग्रबादी समूह तालिबानबाट आजित भएका सर्वसाधारण विशेष गरी जसले अमेरिकी सेनालाई सहयोग गरेका थिए। उनीहरूलाई तालिबानबाट खतरा रहेको छ।

तालिबानबाट ज्यान जोखिममा रहेका अफगानी शरणार्थीलाई जुनसुकै बेला अमेरिका बोलाउन सक्ने भन्दै भीसाका लागि राष्ट्रपति कार्यालय ह्वाइट हाउसले १ अर्ब डलर विनियोजन गरेको हो।

ह्वाइट हाउसले आपतकालका लागि १ अर्ब डलर विनियोजन गरेको भए पनि यस्तो अवस्था आइलागे २ अर्ब डलरसम्म्म विनियोजन गर्न सकिने बताएको छ।

अमेरिकाले तालिबानको आतंकबाट आजित भएका सर्वसाधारण तथा शरणार्थीका लागि भीसा निकाल्ने प्रक्रिया सुरु गरेको छ।

अफगानिस्तानमा विशेष गरी अमेरिकी सेनालाई सहयोग गरेका सर्वसाधारणलाई खतरा रहेको र तालिबानले जुनसुकै बेला उनीहरूलाई आक्रमण गर्न सक्ने बताएइको छ।

अमेरिकाले पहिलो चरणमा अफगानी ससर्वसाधारणलाई सेनाको विमानमार्फत अमेरिका ल्याउने तयारी गरिरहेको छ। अमेरिकाले २ हजार ५ सय अफगानी नागरिकलाई अमेरिका भित्र्याउने जनाएको छ।

अहिलेसम्म १८ हजार अफगानि नागरिकले भीसाका लागि आवेदन दिएको र उनीहरूको भीसा प्रक्रियामा रहेको ह्वाइट हाउसले जाएको छ।