आज भारतको ७५ औं स्वतन्त्रता दिवस ।
कोरोना महामारी अघि भव्यताका साथ मनाए पनि यस वर्ष भने स्वास्थ्यका मापदण्ड अप्नाउदै सीमित व्यक्तिहरुको सहभागितामा औपचारिक कार्यक्रम गरेर मनाउन लागेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले आफ्नो देशको साथै सबै देशमा स्वतन्त्रता कायम रहओस भन्ने चाहेको बताएका छन् । कार्यक्रममा सेनाका जवान, ओलम्पिक पदक विजेता भारतीय खेलाडी तथा कोरोना महामारीको विरुद्धमा अग्रभागमा रहेर सेवा गर्नेहरु सम्मानित हुँदैछन् ।